धनकुटा : दोस्रो लहरको कोरोना संक्रमण सन्त्रासपछि गरिएको निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटन गतिविधि ठप्प छन्। जसका कारण होटल व्यवसायी संकटमा परेका छन्। धनकुटालगायत प्रदेश १ का पर्यटकीयस्थल होटल यतिबेला मारमा परेका छन्। हरेक वर्ष यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेत