शैक्षिक सुधार र विद्यार्थीको करियरमा टेवा पुर्याउन केएमसी र जेनिस क्लाउडबीच सम्झौता
शैक्षिक सुधार र विद्यार्थीको करियरमा टेवा पुर्याउने उद्देश्यले बागबजारस्थित काठमाण्डू मोडल कलेज (केएमसी) र आईटीसम्बन्धी सिकाइमा आबद्ध संस्था जेनिस क्लाउड एकेडेमीबीच सम्झौता भएको छ ।
दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियानलाई अगाडि बढाएको छ । गाउँपालिकाले सुरु गरेको सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा यहाँका सङ्घसंस्थाले हातेमालो गरेका छन् । गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घसंस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । उक्त अभियानका लागि हालसम्म रु १३ लाख ६९ हजार चार सय आठ संकलन […]
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका २९ वटा विद्यालयहरु छनौट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । सरकारले चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसीटी ल्याब स्थापना, प्राविधिक ल्याब स्थापना र भवन निर्माणका लागि मकवानपुरका २९ वटा विद्यालय छनौट गरेको हो ।छनौटमा परेका विद्यालयहरुमध्ये शैक्षिक सुधारका निमित्त आइसीटी ल्याब स्थापनाका लागि २८ वटा, प्र
काठमाडौँ । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’को कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम इच्छुक सार्वजनिक विद्यालयलाई आगामी पुस ८ गतेभित्र प्रस्ताव पेस गर्न आह्वान […]
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक सुधार ल्याएको बताएका छन् । चक र डस्टरको प्रयोग गरी पठनपाठन गराउने चलन हटाएर प्रविधिमैत्री रुपमा पठनपाठन गर्न सरकारले शैक्षिक सुधार कार्यक्रम सुरुआत गरेको उनले बताए । शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक क्षेत्रमा सुधार गरी बालबालिकाको अध्ययन गर्ने […]
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमा विगतभन्दा कम विनियोजन गरेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।
यसअघि पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमार्फत् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउनु...
दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो ।
छनोटमा परेका विद्यालयमा शैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ–नौ, बैतेश्वर गाउँपालिकाका छ तथा गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका पाँचपाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ ।
छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयबाट यसअघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट चालु आवका लागि आवेदन माग गरेको हो