काठमाण्डाै - प्रतिनिधि सभातर्फ मतगणना भइरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले सुरुआतदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले ११ हजार ७६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढ...