ट्रयाक्टर दुर्घटनामा एक पुरुषको मृत्यु

यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्रयाक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः ०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४

सम्बन्धित सामग्री

छुट्टाछुट्टै घटनामा परेर मोरङमा २ जनाको मृत्यु

मोरङको रंगेली र सुन्दरहरैँचामा दुर्घटनामा परेर एक महिला र एक पुरुषको मृत्यु भएको छ।

बारामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए । घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ ।  दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गर

भक्तपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।  गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर  दिएको थियो । ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका  रमेश तिमिल्सिना मृत्यु भएको हो ।  गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकि

बसले कारलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई  इला

दुर्घटनामा एक जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको हो । बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख  डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नगरपालिका–२ स्थित जयचोकमा भएको सवारी दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार बसन्त बोहोराको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीय बोहोराको बुधबार दिउँसो विराटनगरस्थित नोबेल […]

बाजुरामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

साँफे–मार्तडी सडकखण्ड अन्तरंग बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ । फाल

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

बिहीबार राति बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको अलगअलग स्थानमा दुर्घटना हुँदा २ जना पुरुषको मृत्यु मोरङ ट्राफिक प्रहरीले जनाएको छ।...

दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।मोटरसाइकलमा सवार गिरी गम्भीर घाइते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।