काठमाडौं। नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ। केन्द्रीय बैंकले कोभिड–१९ बाट थलिएका उद्योग/व्यवसाय बचाउने गरी मौद्रिक नीति ल्याउने गरी गृहकार्य थालेको छ। गर्भनर महाप्रसाद अधिकारीले यसअघि पनि व्यवसाय बचाउन सहयोग गरेको बताउँदै आगामी वर्षको नीतिले पनि व्यवसाय बचाउन जोड गर्ने जानकारी दिए।