मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र १२ वर्षीय बालिकाको शव फेला परेको छ । लेटाङ–८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।उनका अनुसार शव नग्न अवस्थामा फेला परेको हो । प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा