काठमाडौं (अस) । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतासहितको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।जीवन आवरण बीमा योजनामा बीमितले विविध सुविधा पाउन सक्ने कम्पनीले बताएको छ । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहे बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतिले मृत्यु भए थप बीमांक रकम अर्थात् दुई गुणा बीमांक रकम र बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भए बीमांक रकमको दुई गुणा बीमांक रकम, अतिरिक्त दुर्घटना लाभबापत १ करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ । उक्त योजना लिन चाहनेले न्यूनतम १ लाख रुपैयादेखि आयस्रोतका आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्न सक्नेछन् ।
न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ । बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । बीमा योजना लिएका बीमितले बीमालेखअन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।