युनियन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नयाँ जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीको भनाइ छ । यो योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । न्यूनतम रु. ५० हजार देखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देख