जापानको जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार
मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।
मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।
काठमाडौं । हालैका वर्षमा जापानमा जन्मदर घटिरहेको छ । गएको वर्ष जन्मदर इतिहासमै पहिलो पटक ८ लाखभन्दा तल आएको सरकारको प्रारम्भिक तथ्यांकले देखाएको छ । जन्मदर उकास्न केन्द्र सरकारदेखि प्रिफेक्चरल सरकारसम्मले शिशु स्याहारमा टेवा दिने उपायहरू ल्याएका छन् । तर जन्मदर उक्सिने कुनै संकेत देखिएको छैन ।
मंगलवार संसदमा सम्बोधनका क्रममा त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण सामाजिकरूपमा काम गर्नै नसक्ने अवस्थामा मुलुक पुगेको बताएका थिए । जन्मदर उकास्न किशिदा नेतृत्वको सरकारले सक्दो प्रयास गरिरहेको छ । न्यून आय भएका साना बालबालिका भएका घरपरिवारलाई नगद वितरण, शिशु स्याहारमा सघाउने कार्यक्रमहरू ल्याइएको छ । तर असर खासै देखिएको छैन ।
जापानले घट्दो जन्मदरको समस्या अहिले नै समाधान गर्न सकेन भने कहिले पनि नसक्ने किशिदा बताउँछन् । जापानको कूल जनसंख्यामा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्याको अनुपात २८ प्रतिशत हाराहारी रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । विकसित अर्थतन्त्रको तुलनामा जापानको यो दर निकै उच्च छ । कोरियाजस्ता छिमेकी देशलगायत विश्वभर कयौं देशमा जन्मदर सुस्ताएको छ ।
तर जापानमा हालैका दशकमा औसत आयु बढेपछि वृद्ध जनसंख्या तीव्र दरमा बढिरहेको छ । वृद्ध जनसंख्यालाई टेवा दिने काम गर्ने पुस्ता भने घट्दो छ । फलतः सामाजिक सुरक्षाका कार्यक्रममा सरकारको खर्च अकासिएको छ । समस्या समाधान गर्न सरकारले शिशु स्याहारमा खर्च दोब्बर बनाउनुपर्ने किशिदाको भनाई छ । यो मामिलामा काम गर्न सरकारले अप्रिलमा नयाँ एजेन्सी पनि खोल्दैछ । यसअघि पनि जन्मदर उकास्न ल्याइएका कयौं उपायहरू खासै सफल भएका छैनन् ।
अहिले जापानको जनसंखया १२ करोड ५० लाख आसपास छ । यो शताब्दीको अन्त्यमा जनसंख्या घटेर ५ करोड ३० लाखभन्दा तल झर्ने अनुसन्धाताहरूले सन् २०१७ मै बताएका थिए । जनसंख्याको बनावटमा आएको परिवर्तनका कारण श्रम बजारमा चरम श्रमिक अभाव हल गर्न सरकारले कोभिड शुरु हुन विशेष खालको भिसा कार्यक्रम पनि ल्याएको थियो ।
तर कोभिडको समयमा आप्रवासी र विदेशीहरूप्रति जापान सरकारको रुखो व्यवहारको असर लामो समयसम्म देखिने विश्लेषणहरू गरिएको छ । अहिले जापानले कोभिडका कारण सीमामा लगाएका प्रतिबन्धहरू पूरै हटाइसकेको छ । तर, समग्रमा सरकार आप्रवासीहरूप्रति खासै उदार छैन । जापानको कूल जनसंख्यामा ३ प्रतिशत मात्रै विदेशी छन् ।
महँगी अकासिएको अवस्थामा वास्तविक तलब वृद्धि नकारात्मक छ । ३० वर्षसम्म जापानमा वास्तविक तलब बढेको छैन । किशिदा सरकारले कोभिडको प्रभावबाट उब्रिसकेका कम्पनीहरूलाई कर्मचारीको तलब ५ प्रतिशत बढाउन अनुरोध गरिरहेका छन् ।
जीवनयापन खर्चमा भइरहेको वृद्धि, शिक्षा र श्रम बजारमा महिलाहरूको बढ्दो संलग्नता, विवाह गर्ने अनिच्छा, परिवार बढाउने योजना ढिला शुरु गर्ने, एउटा मात्रै सन्तान जन्माउने प्रवृत्ति आदिका कारण जन्मदर घट्दो छ ।
जापानी अर्थमन्त्री शुनिची सुजुकीले पनि मुलुकको अर्थतन्त्र निकै जोखिमपूर्ण बनेको चेतावनी दिएका छन् । जापानको वार्षिक आम्दानीभन्दा सरकारी ऋण दुई गुणा धेरै हो । औद्योगिक देशहरूमा जीडीपीको तुलनामा सरकारी कर्जा धेरै भएको देश हो जापान । कोभिडको महामारीको बेलामा व्यवसाय र सर्वसाधारणहरूलाई राहत दिन त्यहाँको सरकारले खर्बौं येन पानीझैं बगाएको थियो ।
जापानमा घट्दो जनसंख्याका कारण लाखौं घर बस्ने मान्छे नभएर रित्ता भएका छन् । सन् २०१८ मा आन्तरिक मामिला मन्त्रालयले गरेको एउटा सर्वेक्षण अनुसार जापानको कूल घरको झन्डै १३ दशमलव ६ प्रतिशत अर्थात् ८४ लाख ९० हजार ओटा घर खाली छन् । थोत्रा घरहरू नभत्काइएमा यो अनुपात यस वर्ष बढेर ३१ दशमलव ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
वृद्ध जनसंख्या बढेसँगै एक्लै बस्न बाध्य वृद्धवृद्धाको जनसंख्या बढ्दा हालैका वर्षहरूमा देशभरमा बूढाबूढीलाई लक्षित गरेर चोरी, हत्या र लुटपाटका घटनाहरू बढेका छन् । सरकारको राजस्वमा आर्थिक वर्ष २०२१ मा उत्तराधिकारीहरू नै नभएका मृतकहरूबाट ६४ अर्ब ७० करोड येन बराबरको सम्पत्ति पाएको आएको थियो । वंश टुंगिएर सम्पत्ति खाने व्यक्ति कोही सरकारी कोषमा सर्वसाधारणहरूको सम्पत्ति आउने क्रम बढेको छ ।
काठमाडौं । चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण गरिएको छ । चीन सरकार निकट ग्लोबल टाइम्सले हालै सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२१ मा चीनका धेरै प्रान्तहरूमा जन्मदर देशकै कम रहेको उल्लेख गरेको हाे । मध्य हुनान प्रान्तमा करिब ६० वर्षमा पहिलो पटक जन्मदर ५ लाख भन्दा तल झरेको उल्लेख गरिएको छ । […]
चीनको जन्मदर सन् १९७८ पछि पहिलोपटक सबभन्दा तल्लो स्तरमा पुगेको छ । चीनको तथ्यांक विभागले प्रकाशन गरेको आँकडालाई उद्धृत गर्दै द गार्डियन पत्रिकाले छापेको समाचारमा यो खुलासा भएको हो । चीन सरकारले जनसंख्या बढाउनका लागि विभिन्न प्रयास गरिरहेको भए पनि सफलता हासिल भइरहेको छैन । सन् २०२० मा प्राकृतिक जन्मदर घटेर प्रतिहजा...
चीनको जनसङ्ख्यामा आएको गिरावटका कारण चिनियाँ सरकार अहिले गम्भीर तनावको अवस्थामा रहेको छ। यही गतिमा जन्मदर घट्दै जाने हो भने चीनमा सङ्कटको अवस्था आउन सक्ने जनसाङ्ख्यिक विज्ञहरूले बताएका छन्।
चीनको जनसङ्ख्यामा आएको गिरावटका कारण चिनियाँ सरकार अहिले गम्भीर तनावको अवस्थामा रहेको छ। यही गतिमा जन्मदर घट्दै जाने हो भने चीनमा सङ्कटको अवस्था आउन सक्ने जनसाङ्ख्यिक विज्ञहरूले बताएका छन्।