लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गइरहेको छ । ठाकुरले गरेको मनोनयनप्रति असन्तुष्ट रहँदै आएको पक्षले पार्टी कार्यालयमै तालाबन्दी गर्ने तयारी गरेको छ ।पछिल्लो समय लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच द्वन्द्व बढ्दै गइरहेको सो पार्टीका नेताहरु बताउँछन् । अध्यक्ष ठाकुरले गरेको पछिल्लो मनोनयनप्रति महतोपक्ष असन्तुष्ट देखिएको छ । आन्तरिक द्वन्द्वकै क्रममा असन्तुष्ट पक्षल