काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिएका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताएका हुन्।उनले भने, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ। अहिले तालमेल बनेको छ। तालमेलको विषयमा दलमा दुई मत थियो। हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ। त्याे कुरा ०७४ मै देखियो। सिटको