नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश देऊ – परिसंघ, दुई पक्षीय लगानी अभिवृद्धि र आर्थिक कुटनीतिमा जोड

नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको छ। ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनह...

सम्बन्धित सामग्री

सिएनआई र एमच्यामबीच लगानी बढाउन सहकार्य गर्ने सम्झौता

नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा नेपाल–अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ गर्न र सहकार्य गर्न सम्झौता भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन...

दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक : शिक्षा मन्त्री पौडेल

कात्तिक ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा बुधवार भएको भेटमा मन्त्री पौडेलले नेपालमा शिक्षित बेरोजगारको समस्या रहेको भन्दै त्यसको अन्त्यकालागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।  ‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौंतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्नुपर्छ ।’ मन्त्री पौडेलले विद्यमान कानूनी व्यवस्थाभित्र रहेर आफ्ना व्यवसाय अघि बढाउन आग्रह पनि गरे ।  उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्ने गरी अघि बढाउन लागिएको पनि जानकारी दिए । ‘सिटिइभिटीका कार्यक्रम विश्वविद्यालयसँग कसरी जोड्न सकिन्छ भनेर पनि हामी हेरिरहेका छौं,’ उनले भने । उनले परिसंघले नीति निर्माणमा महत्वपूर्ण सुझाव प्रस्तुतगर्ने गरेको भन्दै प्रशंसा पनि गरे ।। भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने भन्दै त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले सीपयुक्त र दक्षजनशक्तिउत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सृजना गर्नुपर्ने उल्लेख  गरे । अग्रवालले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान शुरु गरेको र यसको एउटा उद्देश्य नेपालमा वार्षिक १ लाख ५० हजार रोजगारी सृजना गर्नु रहेको पनि बताए ।  छलफलका क्रममा परिसंघ अन्तर्गको एजुकेसन काउन्सिलका सभापति द्विराजशर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव मन्त्रीपौडेल समक्ष  प्रस्तुत गरेका थिए । परिसंघले प्रस्तुत गरेको सुझावमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई बजारको मागअनुरूप जोड्नु पर्ने तथा विश्वका उत्कृष्ट प्राविधिक तथा व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा केही वर्ष नमूना कार्यक्रमहरू सञ्चालन गर्ने गराउने व्यवस्था गरिनु पर्ने उल्लेख छ । सो अवसरमा परिसंघका उपाध्याक्षहरू कृष्णप्रसाद अधिकारी, हेमराज ढकाल र रोहितगुप्ताका साथै एजुकेसन काउन्सिलका सदस्यहरू सन्तोष प्याकुरेल र साइमन दाहाल तथा परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति रहेको थियो ।

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउने

श्रीलंकाले नेपालको पर्यटन विकासमा श्रीलंकाले सघाउने भएको छ । पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि गर्न श्रीलंकाले नेपाललाई सघाउने भएको हो । नेपाल उद्योग परिसंघ र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने बताएका हुन् । उनले नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।अरुणतिलकाले नेपाली निर्यात कर्तालाई श्रीलंकामा सहज पहुँच  र बजारका लागि आफूले

मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग : प्रधानमन्त्री देउवा

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड– १९ विरुद्धको निःशुल्क खोप पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धि सरकारको प्राथमिकतमा रहेको जानकारी दिनुभयो । ‘हामीले विकासलाई प्राथमिकता दिए पनि त्योभन्दा पहिले नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’ प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । महामारीका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । यसैगरी परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले संस्थाले महत्वपूर्ण थिंक ट्यांकको रूपमा काम गरिरहेको जानकारी दिए । साधारणसभामा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक हुने धारणा व्यक्त गरे । उनले भारत सरकारले  लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे । साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसंघलाई अघि बढाएको जानकारी दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए । युनियन अफ एसियन चेम्बर्स गठन परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको घोषणा गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्स गठनको घोषणा गरिएको हो । युनियन अफ एसियन चेम्बर्सको नेतृत्व हाल परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी दिए । परिसंघ अध्यक्षमा अग्रवाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघ अध्यक्ष चुनिएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।