काठमाडौं छिर्ने नाकामा कडाइ, शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले रुघाखोकी वा ज्वरोजस्ता लक्षण देखिएमा काठमाडौं छिर्नुअघि एन्टीजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो

सम्बन्धित सामग्री

नाकामा कडाइ, बस्तीमा लापरबाही

भारतबाट घर फर्किने नेपालीको गड्डाचौकी नाकामै एन्टिजेन परीक्षण गरिन्छ । संक्रमण देखिए उनीहरूलाई नाकाबाटै महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिन्छ । संक्रमण नदेखिएकाहरू घरतर्फ लाग्छन् । कोरोना संक्रमण रोकथामका लागि नाकामा परीक्षणमा कडाइ गरिए पनि जिल्लाभित्र भने निकै लापरबाही भएको देखिन्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको राजधानी काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरूलाई सामान्य चेकजाँचसमेत हुँदैन ।

कोइलावास नाकाबाट भित्रनेलाई खोप कार्ड अनिवार्य

दाङको कोइलावास नाका हुँदै भारतबाट नेपाल फर्केनलाई खोप कार्ड अनिवार्य गरिएको छ । भारतमा कोभिडसंक्रमण फैलिरहेको बेला नेपाल फर्केनको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो ।

ओमिक्रोन प्रभाव : पश्चिमी नाकामा कडाइ, शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण

सीमानाका भएर आउने यात्रुमध्ये शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज । भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आर्थिक अभियानलाई बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने । अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए । भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ । मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिएको छ । भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए । यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए ।