भारतबाट घर फर्किने नेपालीको गड्डाचौकी नाकामै एन्टिजेन परीक्षण गरिन्छ । संक्रमण देखिए उनीहरूलाई नाकाबाटै महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिन्छ । संक्रमण नदेखिएकाहरू घरतर्फ लाग्छन् । कोरोना संक्रमण रोकथामका लागि नाकामा परीक्षणमा कडाइ गरिए पनि जिल्लाभित्र भने निकै लापरबाही भएको देखिन्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको राजधानी काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरूलाई सामान्य चेकजाँचसमेत हुँदैन ।