बाढीले भानु नगरपालिकाको २ र ५ जोड्ने पुलमा क्षति, आवतजावतमा समस्या

काठमाडौं, १ असार । अविरल वर्षाका कारण तनहुँको चुँदीखोलामा आएको बाढीले भानु नगरपालिकाका २ नम्बर वडा र ५ नम्बर वडा जोड्ने पुलमा क्षति पुर्याएको छ । मंगलबारदेखि आएको निरन्तर वर्षाले बाढी आउँदा उक्त पुलको दुवैतर्फको भाग बगाएको स्थानीय रमेश शर्माले जानकारी दिएका छन् । पुलमा बाढीले क्षति पुर्याएपछि यातयातका सवारी साधनको आवतजावत अबरुद्ध भएको छ […]

सम्बन्धित सामग्री

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा क्षति

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको...

वर्षाले माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद

तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको हो।

तनहुँकाे चुँदीखोलामा आएकाे बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँ - गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीकाे आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

मङ्गलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण

मेलम्चीमा पानीको बहाव बढ्यो, अस्थायी पुलमा क्षति

काठमाडौं । मेलम्ची खोलामा पानीको बहाव बढेको छ । मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा पनि क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएको राससले जनाएको छ । अघिल्लो वर्षको...

‘चामे जान काम पर्छ, पुल छैन’

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्