निर्वाचन आयोगमा वामदेव

दल दर्ताको अन्तिम दिन नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने भनिएका गौतम आयोग पुगेका हुन् । गौतमले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुनेबारेमा बुझ्नका लागि आयोगमा आएको प्रतिक्रिया दिए।आजै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराईसहित वामदेवको पार्टीलाई चुनाव लड्न आफ्नो चुनाव चिह्न दिने निर्णय गरेको थियो । 

सम्बन्धित सामग्री

एमालेको उमेर हद खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन

नेकपा एमालेले पार्टी संरचनामा लागू गर्दै आएको अधिकतम उमेर हदको प्रावधानलाई हटाउन माग गर्दै वामदेव गौतम निकट नेता निमकान्त पाण्डेले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा वामदेवलाई प्रश्न : चुनावपछि प्रधानमन्त्री बन्ने हो ?

प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निर्वाचन आयोग परिसरमा पत्रकारहरुले यही प्रश्न गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने सहमतिपछि आयोगमा यसबारे थप बुझ्न पुगेका उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरिहाले–निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ?जवाफमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । अघिल्लो निर्वाचनमा पनि उनले प्रधानमन्त्री बन्ने चाहनाका साथ चुनाव लडेका थिए । तर, उनी सञ्जय

पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । पाण्डेले आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताए । ‘आज निवेदन दिएका छौ, आयोगले कागजपत्र अध्ययन गरेर खवर गर्छौ भनेको छ’, पाण्डेले भने ‘हामीले चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरेका छौ ।’

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष […]

वामदेव गाैतमद्वारा दल घाेषणा

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गर्नुभएको हो । दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहनुभएको छ ।गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।वामद...

नयाँ पार्टी घोषणा गर्दै वामदेव

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषण गदैछन्। नेकपा एमालेका पूर्वनेता गाैतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस् क्लबमा पत्रकाकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्। यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडि दर्ता भइसकेका समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा […]

पार्टीमा आउन चाहनेका लागि ढोका खुल्लै हुन्छ : सांसद रामकुमरी झाँक्री

काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी सांसद रामकुमार झाँक्रीले पार्टीमा आउन चाहानेहरुका लागि ढोला खुल्ला नै राख्ने बताएकी छिन्। निर्वाचन आयोगमा सनाखत गर्न पुगेकी सांसद झाँक्रीले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको बिचारमा सहमत हुनेहरुका लागि  आउन चाहे ढोका खुल्ला भएको बताएकी हुन्। 'वामदेव कमरेडले त एमालेमा राजीनामा गरेर आउँछु भन्ने कुरा मिडियाहरुमा बोलेको सुनेको…

वामदेव पत्नी तुलासा थापा पनि माधव नेपालको पार्टीमा सनाखत गर्न निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतको लागि निर्वाचन आयोगमा पुगेका छन् । नेताहरुले हस्ताक्षर गरिरहेका छन् । वामदेव गौतम पत्नी तुलासा थापा पनि माधव नेपालको नेतृत्वमा दल दर्ताको लागि निवेदन दिईएको पार्टीमा सनाखत गर्न निर्वाचन आयोग पुगेकी छिन्। तुलासा थापा प्रतिनिधिसभा सांसद हुन् । उनीसँग प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया […]