आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उद्घोष गरेका छन् । समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले यसबारे आगामी बजेटमार्पmत सम्बोधन गरिने बताएका हुन् । ‘आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ,’ आइतवार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालीमको उद्घाटन गर्दै मन्त्री शर्माले भने, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउन जरुरी छ ।’ मन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर संकलन हुनुपर्नेमा समेत जोड दिएका छन् । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत सम्बोधन गरिने उनको भनाइ छ । मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ उक्त कुरा कर्मचारीले जान्नैपर्ने बताए । ‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र  भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईंहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो,’ मन्त्री शर्माले तालीममा सहभागी अधिकृत कर्मचारीहरूलाई भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालीममा सिकाइयोस् ।’ संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्रीे जोड दिँदै उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराए । मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न संक्रमणकालीन अवस्थामा आआप्mनो स्थानबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गरे । उनका अनुसार राष्ट्र निर्माणका लागि राजनीतिकर्मी, कर्मचारी र जनताले आआप्mनो स्थानबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्छ । परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने बताए ।  

सम्बन्धित सामग्री

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उहाँले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताउनुभयो । निवर्तमान अर्थमन्त्री डा महतले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको …

निवर्तमान अर्थमन्त्री महतले अघि बढाएका राम्रा काम रोक्दिनँ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् ।

प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्।  विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको...

सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरू परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा […]

कृषिमा आमूल परिवर्तन जरुरी छ : अर्थमन्त्री

२ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको उनले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्रीले अर्थमन्त्री शर्माले भने, ‘अब कृषिमा रुपान्तरण जरुरी छ, हामीले कम्तिमा साग त रोप्नु पर्‍यो नि !’ विद्युत खपतमा समेत ध्यान दिनुपर्ने उनले बताए । अर्को आम्दानीको महत्वपूर्ण श्रोत पर्यटन भएको भन्दै पर्यटन […]

सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा अर्थतन्त्रमा असर पर्‍यो : अर्थमन्त्री

१६ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा त्यसको असर अर्थतन्त्रमा परिरहेको बताएका छन् । आइतबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थविद्हरुसँग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् । संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नभएको र सरकार परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने परिपाटीले अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको उनले […]

नीतिगत व्यवस्था परिवर्तन हुदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले करका दरसम्बन्धी थप सुधारका कामहरु कर पुनरावलोकन आयोगमार्फत गरिने बताउनुभयो । मुलुकको आन्तरिक राजश्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै मन्त्री शर्माले त्यसको योजना […]

मौद्रिक नीति परिवर्तन गर्दै नयाँ अर्थमन्त्री

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको मौद्रिक नीति परिवर्तन गर्ने तयारी थालेका छन्। निर्वतमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फाइनल गरेको मौद्रिक नीतिका केही बुँदा शर्माले परिवर्तन गर्न लागेका हुन्। परिवर्तन हुने भएपछि फाइल भइसकेको मौद्रिक नीतिको मिति सर्ने सम्भावना बढेको छ। यसअघि नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातामै मौद्रिक नीति ल्याउनेगरी काम अगाडी बढाएको थियो।