‘गोल्ड मेडलिस्ट’ उपसचिवलाई घुस दिने व्यवसायीले पाए प्याराग्लाइडिङ उडाउने अनुमति

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेपछि उनलाई अख्तियारको कठघरामा उभ्याएका व्यवसायीले प्याराग्लाइडिङ उडानको अनुमति पाएका छन् । अनुमति पाएसँगै अब व्यवसायीहरु पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.को नामबाट म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउने भएका छन् । पर्यटन मन्त्रालयले आइतबार ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.लाई म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ सिख क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उनीहरुलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिनुनपर्ने कुनै कारण नै नभई उपसचिव नेपालले घुस लिने मनशायले फाइल रोक्दै आएका थिए । उनले नागरिक उड्डयन महाशाखाका प्रमुख सह–सचिव बुद्धिसागर लामिछानेलाई समेत प्रभावमा पारेका थिए । यसअघिः‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिएतर, घुस लिँदालिँदै उपसचिव पक्राउ परेपछि मन्त्रालयका अधिकारीहरुले हतार हतार फाइल अघि बढाएर साउन ३० गते सोमबार व्यवसायीहरुलाई बोलाएर अनुमति दिएका हुन् । अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउन व्यवसायीहरुले ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रा.ली.को नामबाट पर्यटन मन्त्रालयमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारीसमक्ष २४ पौष २०७६ मा निवेदन दिए ।कोरोना महामारीका कारण काम अघि बढेन । तर, गत वैशाखमा पुनः व्यवसायीहरु ‘फलोअप’का लागि पर्यटन मन्त्रालयमा जाँदा फाइल हराएको दिईएको थियो । त्यसपछि उनीहरुले ८ असारमा पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पुनः निवेदन दिए । यो पनिः‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिवयस क्रममा उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागे । सेवाग्राही चौलागाईं र पुनले अख्तियारमा उजुरी दिए । उजुरीपछि खटिएको अख्तियारको टोलीले १७ साउनमा नागपोखरीस्थित होटल अरण्यबाट उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुस र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजारसहित पक्राउ गर्यो । लगत्तै, अताल्लिएका पर्यटन मन्त्रालयका अधिकारीहरुले तत्काल काम अघि बढाएर चौलागाईं र पुनको कम्पनीलाई प्याराग्लाइडिङ उडानको अनुमति दियो ।अनुमति पाएसँगै अब ग्लोबल ट्राभल एण्ड एडभेन्चर्सले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने भएको छ । ८ मध्ये ५ थान टेन्डम (दुई जना बसेर उड्न मिल्ने) र ३ थान सोलो (एकल) प्याराग्लाइडिङ हुनेछन् ।यसअघिःघुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

सम्बन्धित सामग्री

कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

काभ्रेपलाञ्चोक, १५ माघ । पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो । प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताउनुभयो […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ

काभ्रे, मंसिर १ । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी, दैनिक १० उडानको अनुमति

काभ्रेपलाञ्चोक : पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी-कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो। उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ। प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि…

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोककाे पनौती नगर स्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल

रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि खुला

६ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय […]

उपसचिव घुस प्रकरणमा जोडिएका व्यवसायीले पाए अनुमति

काठमाडौँ । प्याराग्लाइडिङ संचालनको अनुमतिपत्र वापत उक्त महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेको भन्दै अख्तियारमा उजुरी दिएका व्यवसायी पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले प्याराग्लाइडिङ अनुमति पाएका छन् । उक्त प्रकरणमा जोडिएका व्यवसायीलाई संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको हो। व्यवसायी चौलागाईं र पुनसँग प्याराग्लाइडिङ अनुमति […]

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

८ साउन, काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान […]

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो ।उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताए । “मन्त्रालयबाट व्यवसायि

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी पक्राउ

बैतडी : बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीय फिलिप जेल्नर रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो। उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए।  प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी  प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारल