गोरखा : २५ गतेदेखि जेठ ७ गतेसम्म जाँडरक्सी बिक्री र प्रयोगमा रोक

गाेरखा - गोरखामा आउँदो २५ गतेदेखि जेठ सात गतेसम्म जाँडरक्सी बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले चुनावको बेला शान्तिसुरक्षा कायम गर्न भन्दै जाँड रक्सीको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।यस्तै वैशाख २५ गतेदेखि जेठ सात गतेसम्म जिल्लाभरका होटल, रेष्टुरेन्ट लगायत अरु पेसा व्यवसाय बिहान ७ बजेदेखि बेलुकी साढे नौ बजेसम्म मात्र सञ्चालन गर्न पाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।बैठकमा निर्वाचन आचारसंहिता ...

सम्बन्धित सामग्री

मदिरा विक्री वितरणमा रोक

गोरखा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गोरखामा मदिराजन्य पदार्थ विक्री वितरणमा पूर्णरूपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आगामी २५ गतेदेखि  मदिरा विक्री वितरणमा रोक लगाउने भएको हो । त्यसका लागि सर्वपक्षीय बैठक बोलाएर छलफल समेत गरिएको कार्यालयले जानकारी दिएको छ । निर्वाचनका बेला शान्ति सुरक्षामा हुन सक्ने असरलाई दृष्टिगत गर्दै आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको विक्री वितरण तथा प्रयोगमा रोक लगाउने निर्णय गसिकेको छ । जिल्लाभर नै होटल, रेष्टुराँलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि राति साढे ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनले बताए । रासस

निर्वाचनमा मदिरा सेवन तथा बिक्री वितरण रोक लगाइने

गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले  आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला  शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै  यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर