काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।