ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

उदयपुर, २० मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको […]