जीबन बिमा व्यवसायमा थप एक कम्पनीले कारोबार सुरु गरेपछि नेपालमा जीवन बिमा कम्पनीको संख्या १९ पुगेको छ । कम्पनीहरू थपिएसँगै बिमाको पहुँच त वृद्धि भएको छ, तर बजारमा अस्वस्थ प्रतिस्पर्धासमेत सुरु भएको छ । कम्पनीहरूबीच कर्मचारी तथा अभिकर्ता तानातानको अवस्था भए पनि समितिले विभिन्न निर्देशन दिएको छ । पुराना कम्पनीमा सामान्य तहमा काम गरेका कर्मचारी तथा अभिकर्तालाई नयाँ कम्पनीहरूले उच्च तह र सुविधा दिन थालेपछि पुराना कम्पनीहरू अप्ठेरोमा परेका छन् । समितिले हालै मात्र अभिकर्तालाई विदेश भ्रमण गराउँदा, गाडीको सुविधा दिँदा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।