काठमाडौं, २४ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ । त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल […]