बैतडी : कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार बैतडीमा माघ मसान्तसम्म भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कार्यालयले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहहरूलाई पत्र लेख्दै कोभिड संकट व्यवस्थापन समन्व