नेपाल राष्ट्र बैंकले स्थानीय तहको संचित कोषमा रहेको ८० प्रतिशतसम्म रकम परिचालन गर्न पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सोमवार सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूका लागि जारी गरेको उक्त निर्देशन अनुसार आयात र व्यापारिक क्षेत्रबाहेक उत्पादनशील क्षेत्रमा खर्चन पाउने गरी उक्त रकम परिचालन गर्न पाउने व्यवस्था गरेको हो ।
यो व्यवस्थापछि स्थानीय तहको उक्त रकमलाई वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्म निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् ।
अर्थ मन्त्रालयले २ पुसमा स्थानीय तहमा विनियोजिन बजेटको ५० प्रतिशत रकमलाई वाणि...