बागलुङ : पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोली बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने धनमायाले मिठा–मिठा फलफूलहरू बेच्छिन्। उनको कथा भने नमिठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनको रहर होइन। पोखरादेखि सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।एक दश पोखराका विभिन्न ठाउँहरूमा फलफूल बच्ने र जुत्ता सिउने काम गर्नु भएकी धनमाया बागलुङसम्म आएकी छिन्। प