नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ,’ बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, “अब ढिला गर्नुको अर्थ पार्