अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भइरसबाट सृजित समस्याका कारण विश्वको आर्थिक वृद्धिमा ३ प्रतिशतले संकुचन आउने जनाएको छ । योसँगै विश्व सन् १९३० पछिकै ठूलो आर्थिक मन्दीतर्फ धकेलिने संकेत देखा पर्न थालिसकेको छ । कोरानाको कोभिड संक्रमण लम्बिँदै गए परिस्थिति झनै भयावह नहोला भन्न सकिन्न । कोरोनाले वैश्विक रूप लिएसँगै नेपालको अर्थतन्त्र पनि अछुतो रहने भएन ।
गत आर्थिक वर्ष २०७६-७७ को बजेट वक्तव्य पेस गर्दा अर्थमन्त्री युवराज खतिवडाले ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने उद्घोष गरेका थिए ।