वैशाख २३, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा प्रसाईलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।