लेस्टरलाई हराउँदै नेपोली प्रि–क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । नेपोली समूह ‘सी’ बाट उपविजेताको रुपमा अघि बढेको हो । यो […]

सम्बन्धित सामग्री

लेसेलाई हराउँदै नेपोली उपाधि नजिक

काठमाडौँ – इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ। शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए […]

नेपोली १९ अंकले अगाडि

नेपोली ३३ वर्षयता पहिलो 'सिरी ए' उपाधि जित्ने संघारमा पुगेको छ । उसले शुक्रबार रातिको खेलमा लेचेलाई २–१ ले हराउँदै शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको हो ।

इटालियन सिरी ‘ए’: मिलान र नेपोली विजयी

काठमाडौं । इटालियन सिरी ‘ए’मा शनिबार राति शीर्ष स्थानको नेपोलीले एटलान्टालाई २–१ ले हराएको छ । त्यस्तै साबिक विजेता एसी मिलानले पनि स्पेजियालाई २–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।  खेल सुरु हुनुअघि नेपोली शीर्ष स्थानमा थियो भने एटलान्टा दोस्रो स्थानमा थियो । एटलान्टाले घरेलु मैदानमा १९औँ मिनेटमा अग्रता लिन सफल...

नेपोलीलाई हराउँदै मिलान शीर्षस्थानमा, युभेन्ट्सलाई पनि सफलता

एजेन्सी – शीर्ष दौडमा रहेको नेपोलीलाई हराउँदै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । मिलानले नेपोलीलाई उसकै मैदानमा १–० ले हराएको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा आइतबार राति भएको खेलमा मिलानको जितमा दोस्रो हाफमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा डोभिड […]

युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

इटालियन सिरी ए मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको  इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । मिलानले जितको लक्ष्यसहित युभेन्ट्स माथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २(१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको थियो । इन्टरको २३ खेलमा ५३ अंक छ । जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलान भन्दा चार अंक बढी हो । इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । एट्लान्टा

युभेन्टस शीर्ष चारमा रहन सफल

एजेन्सी। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति बोलोग्नालाई ४–१ ले हराउँदै शीर्ष चारमा रहेर इटालियन सिरी ‘ए’ को अन्त्य गरेको छ। शीर्ष चारको प्रतिस्पर्धामा रहेको नेपोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। युभेन्टसको ७८ अंक छ भने पाँचौं स्थानमा झरेको नेपोलीको ७७ अंक छ। युभेन्टस ९ वर्षपछि उपाधिबिहीन बनेको हो।

सिरी 'ए' मा शीर्ष चारको रोमाञ्चक भीडन्त

एजेन्सी। उपाधिको टुंगो लागिसकेको इटालियन सिरी 'ए' मा शीर्ष चारको भीडन्त रोमाञ्चक बनेको छ। समान ७२ अंकका साथ एटलान्टा र एसी मिलान क्रमशः तेस्रो र चौथो स्थानमा छ। आजराती एटलान्टाले बोनेभेन्टोविरुद्ध र मिलानले टोरिनोसँग प्रतिस्पर्धा गर्दैछ। गएराती युडिनेसलाई हराउँदै नेपोली दोस्रो स्थानमा उक्लिएको थियो। एटलान्टा र मिलान विजयी भए नेपोली पुनः चौथो स्थानमा झर्नेछ।

नेपोली सिरी ‘ए’ को दोस्रो स्थानमा, च्याम्पियन्स लिगको सम्भावना बलियो

एजेन्सी। नेपोलीले इटालियन सिरी ‘ए’ मा युडिनेसलाई ५–१ ले हराउँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ। जेनेरो गटुसोको नेपोलीले एटलान्टा र एसी मिलानलाई एक अंकले पछि पारेको छ भने पाँचौं स्थानको युभेन्टसभन्दा चार अंकले माथि छ। सिरी ‘ए’ को शीर्ष चार क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन्। सिरी उपाधि भने यसअघि नै इन्टर मिलानले जितिसकेको छ।

उपाधि विजेता इन्टरको सहज जित, नेपोली दोस्रो स्थानमा उक्लियो

एजेन्सी। एलेक्सिस सान्चेजको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा साम्पडोरियालाई ५–१ ले पराजित गरेको छ। ११ वर्षपछि लिग उपाधि जितेको इन्टरका लागि सान्चेजसहित हेक रोबर्टो गागलियर्दिनी, आन्द्रे पिनामोन्टी, र लाउटारो मार्टिनेजले गोल गरे। इन्टरले दोस्रो स्थानको नेपोलीलाई १५ अंकले पछि पार्‍यो । नेपोलीले स्पेजियालाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।