एकतीस अध्याय भएको स्कन्दपुराणभित्रको केदारखण्ड, माघमाहात्म्यमा रहेको कथालाई स्वस्थानी भनिन्छ। पौषशुक्ल पूर्णिमाबाट प्रारम्भ भई माघशुक्ल पूर्णिमासम्म मध्याह्नमा महादेवको पूजा गरी स्वस्थानीदेवीको अनुष्ठान गरिन्छ। ‘स्व’को अर्थ आफू र ‘स्थानी’को अर्थ वासस्थान वा रहने हुन्छ अर्थात् आफूभित्र रहेकी देवीको पूजा, उपासना, चिन्तन गर्नु नै स्वस्थानी पूजा हो। स्वस्थानी पूजा अन्ततः आत्मापूजा वा परमात्माको चिन्तन हो। १८ पुराणमध्ये […]