बन्दाबन्दीले कलेज तथा विद्यालय बन्द छन् । विद्यार्थीका गतिविधि पनि ठप्प जत्तिकै छन् । विद्यार्थी नेता निशा अधिकारी भने अहिले पनि तरकारी बारीमा व्यस्त हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य तथा पूर्व अनुशासन आयोगकी अध्यक्ष अधिकारी विद्यार्थी राजनीतिसँगै आय आर्जनका लागि सामूहिक कृषि कर्ममा जुट्नु भएसगै अहिले तरकारी बारीमा भेटिनु हुन्छ ।