काठमाडौं : पेरिस सेन्ट जर्मेइन (पिएसजी) घरेलु मैदानमा जारी सिजन पहिलो पटक गोलरहित बराबरीमा रोकिएको छ।फ्रेन्च लिग वानमा नाइस विरुद्धको खेलमा लियोनेल मेसी र केलियन एम्बाप्पेले गरेका सबै गोल प्रयास असफल हुँदा पिएसजी सिजनको दोस्रो तथा घरेलु मैदानमा पहिलो बराबरीको सिकार भयो।नेयमार विना मैदान उत्रिएको पिएसजीले गोलका लागि अनेकन प्रयास गरेको थियो। उसले नाइसको पोस्टमा २२ सट प्रहार गरेपनि गोल गर्न भने सकेन। नेयमार भने एंकल इन्जुरीका कारण अब ८ साता मैदान बाहिर हुने छन्। बराबरी पछि पनि माउरिसियो