अभिनेता भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा

सम्बन्धित सामग्री

बालेन शाह जज रहेको र्याप रियालिटी शो ट्रेन्डिङमा, यसरी छानिनेछ ‘नेपहपको श्रीपेच’

र्‍याप गायनसम्बन्धी रियालिटी शो नेपहपको श्रीपेचको ग्राण्ड ओपनिङ भएको छ  । गत मंगलबार ग्राण्ड ओपनिङ भएको रियालिटी शो पहिलो दिनबाटै युट्युबमा ट्रेन्डिङमा रहेको छ भने हाल नम्बर ट्रेन्डिङ ओगट्न सफल रहेको छ । आरएनएस क्रिएसन  आयोजक रहेको कार्यक्रम इमेज एचडी  र ओएसआर रियालिटीबाट प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म हेर्न सकिन्छ । शोको जज बालेन शाहसहित गिरिस खतिवडा र मानस घले रहेका छन् । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणाले यतिबेला चर्चामा छन्

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने जनाएका हुन्।