काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि पालिका तहको काम कारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने प्रष्टयाउनु भएको हो । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले पालिका तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले त्यही अन...