काठमाण्डौ – गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत उद्धारका लागि छलफल भइरहेको बताउनुभएको छ ।
युक्रेन पट्टी रहेका नेपालीलाई केही समय धैर्य गर्न आग्रह गर्दै अध्यक्ष पन्तले पोल्याण्ड प्रवेश गराउन कूटनीतिक सहजीकरणको लागि जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ ।
युक्रेन र पोल्याण्डको सिमानामा रहेका ५० प्रतिशत नेपालीहरू गए राती नै बस र रेलमार्फत पोल्याण्डको वार्सा लगायतका सहरमा पुगेका...