पहिला–पहिला पहाडी जिल्लामा मात्रै प्रयोग गरिने अल्लोका कपडा हिजोआज तराईका जिल्लामा पनि लगाउन थालिएको छ ।
संखुवासभा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा मात्रै पाइने अल्लोका कपडाको व्यापार गर्न भनेर सीता–अशोक दम्पती केही वर्षअघि धनकुटाबाट मोरङको विराटचोक आए ।
पत्नी सीता अठपरिया र पत्नी अशोक कुलुङले सुन्दरहरैचाको विराटचोकमा आएर पहाडी जिल्लाबाट अल्लोका कपडा किनेर व्यापार शुरू गरे ।
व्यापार शुरू गर्दा स्थानीयले अल्लोका कपडालाई जुम्रिया कपडा भनेर हेला गर्ने गरेका सीताले बताइन् । धनकुटामा व...