चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनावमा गठबन्धनमै जाने सहमति भइसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई आज बुधवार चितवनमा सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको चुनावमा गठबन्धनमै जानुपर्ने बताउनुभयो ।
दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार देश र जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सबै आ–आफ्नो...