एजेन्सी। बलिउडका प्रसिद्ध कलाकार अनुपम खेरले प्रधानमन्त्री नरेन्द्र मोदीले यतिखेर आफ्नो इमेज बनाउने होइन, नागरिकको ज्यान बचाउनतिर लाग्नुपर्ने बताएका छन्। खेर मोदीका प्रशंसक हुन्, उनले पहिलो पटक सरकारको आलोचना गरेका हुन्। खेरले बुधबार भने, ‘‘कोरोनाको दोस्रो लहरमा देशमा जे भइरहेको छ, त्यसका लागि सरकार जिम्मेवार छ। सरकारको आलोचना वैध छ।’’ स्वास्थ्य प्रबन्धनमा सरकार चुकेको उनको आरोप थियो।