भारतको चेन्नेइमा सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका डोटीको सायल गाउँपालिका–५, सुनीबाटा गाउँका ३५ वर्षीया खगी विकको उपचारमा समस्या भएको छ । काम गर्ने क्रममा सिमेन्टका बोरा शरीरमाथि खसेपछि खगी विकको ढाँड भाचिएको छ । ढाँड भाचिँदा उहाँको शरीर कम्मरभन्दा तलको भाग काम नगर्ने भएको छ ।