काठमाडौं । उच्च अदालत पोखराले नेपाली चलचित्रका नायक पल शाह मुछिएको बलात्कारसम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
मंगलबार पलका तर्फबाट कानुन व्यावसायीले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको...