काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद र सरकारबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने भएको छ । मंगलबार दिउँसो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको हो ।