संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहो-याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ […]