नर्सिङ शिक्षालाई हिजो र आज तुलना गरेर हेर्नुपर्छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन भन्दा पहिला र अहिले कस्तो छ भनेर बुझ्नुपर्छ। हामी नेपाली एउटा कुरा बिग्रियो भने अर्कोलाई पनि त्यस्तै हो भनिदिन्छौं। मेडिकल कलेजलाई एउटा छाता संगठन बनाएर अगाडि बढ्ने प्रयास भएको देखिन्छ। त्रिभुवन विश्व विद्यालयको इस्टिच्यूट मेडिसिनको आफ्नै स्ट्याटस छ। सबै भन्दा पुरानो हो। […]