काठमाण्डाै – तीन दिनदेखि रोकिएको काठमाण्डाै उपत्यकाको फोहर आजदेखि फेरि व्यवस्थापन गर्न थालिएको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर व्यवस्थापनमा समस्या भएको थियो ।
महानगरपालिकाको वातावरण विभागका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि भरिएकाले समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन गर्न थालिएको विभागले बताएकाे छ ।
विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको सिसडोलमा हरेक वर्ष वर्षाकाे समयमा बाटो ब...