कञ्चनपुर : कृष्णपुर नगरपालिका–२ बाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चा जन्माएकी छन्। माया मेट्रो अस्पताल धनगढीमा कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा र बच्चा स्वस्थ छन्।गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ। तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ। सामाजिक सञ्जाल फेस