बारा दुर्घटनाः मृतक सबैको सनाखत, घाइते १७ जनाकाे उपचार हुँदै

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु थियो।...

सम्बन्धित सामग्री

बारा बस दुर्घटना : मृतक सातैजनाको सनाखत

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।   बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताए । उनीहरूको खोजी भइरहेको छ ।   काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो । रासस

बारा दुर्घटनाः मृतक सबैको सनाखत, १७ जना घाइते

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु थियो।...

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १० गते उद्योगको कवाडी पगाल्ने भट्टीमा विस्फोट हुँदा त्यहाँका १५ कामदार घाइते भएकामा तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको र कामदार आपूर्ति गर्ने ठेकेदारले नै क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको हो । प्रहरीले घटनालगत्तै घटनास्थलको मुचुल्का उठाएको थियो । त्यसक्रममा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा  लापरबाही गरेको भेटिएको थियो । उद्योगमा व्यवसायजन्य सुरक्षा मापदण्डको पालनामा  लापरबाही देखिएको प्रहरीले बताएको छ । तर, कतैबाट उजुरी नआएको भन्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छैन । घटनास्थलको स्थलगत निरीक्षण गर्दा व्यवसायजन्य सुरक्षा पालना नगरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उद्योगमा भट्टी परीक्षणका क्रममा विस्फोट भएको प्रहरीको बुझाइ छ । ‘परीक्षण गर्दा घटना भएको देखिन्छ । सुरक्षा मापदण्डअनुसार त्यो भट्टी क्षेत्रमा कामदार राख्न मिल्दैनथ्यो । यसमा गल्ती देखिन्छ,’ पाण्डेले आर्थिक अभियानसित भने । ठेकेदारले कामदार आपूर्ति गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले स्वीकार गरेको सम्झौता उद्योग व्यवस्थापनले पेश गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । तर, श्रम ऐन २०७४ को दफा ६८ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दायित्व रोजगारदाताको हुने व्यवस्था गरेको छ । दफा १६४ (२) मा जानीजानी वा  लापरबाही गरी प्रावधान उल्लंघन गरेका कारण कसैको ज्यान गएमा वा अंगभंग भएमा प्रचलित कानूनमा कुनै सजाय भएमा सोहीबमोजिम र नभएमा २ वर्षसम्म कैद र उचित क्षतिपूर्ति तिराउने प्रावधान छ । घटनालगत्तै मुचुल्का उठाउन गएको प्रहरीले कवाडी फलाम गलाउने उद्योगको भट्टीमा ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको फेला पारेको थियो । उद्योग परिसरमा ग्यासका पुराना सिलिन्डर यत्रतत्र छरिएको र त्यस्ता सिलिण्डर सोझै भट्टीमा हाल्ने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए । घटनालाई सामसुम बनाउन राजनीतिक दबाब आएको पनि ती अधिकृतले खुलासा गरे । उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले यसमा पनि  लापरबाही गरेको भेटिएको छ । उद्योगले अहिलेसम्म यस्तो जानकारी नदिएको कार्यालय प्रमुख जितेन्द्र शर्माले बताए । ‘दुर्घटनालगत्तै जानकारी दिनुपर्ने भए पनि उद्योगले घटनाबारे अनौपचारिक जानकारी दिएको छैन,’ शर्माले भने । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षाको कार्यान्वयन कमजोर रहेको उनले बताए । ‘अधिकांश उद्योगले सुरक्षाका उपाय अपनाएका छैनन् । स्टील उद्योगमा यसको कार्यान्वयन अझ दयनीय छ,’ शर्माको भनाइ छ । उद्योगका सञ्चालक राजेश अग्रवालसित बुझ्न खोज्दा यसबारेमा कुरा गर्न चाहेनन् । ‘म अहिले बाहिर छु । यसबारेमा पछि कुरा गराैंला,’ अग्रवालले भने । अहिले घटनाबारे थप प्रक्रिया अघि नबढाइए पनि २ वर्षभित्र कुनै पनि प्रकारको नयाँ तथ्य फेला परेमा कारबाही अघि बढ्ने प्रहरी उपरीक्षक पाण्डेले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमरे यो घटनालाई भवितव्य औद्योगिक दुर्घटना मान्छन् । मृतक सबै भारतीय रहेको, उनीहरूको मृत्यु र अन्त्येष्टिसमेत भारतमै भइसकेकाले थप प्रक्रिया अघि नबढेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । विष्फोटमा १५ जना घाइते भएकामा १४ जना भारतीय थिए । गम्भीर घाइते ६ जनालाई उपचारका लागि भन्दै भारतको पटना पुर्‍याइएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युको १ सातापछि मात्रै उद्योग व्यवस्थापनले प्रहरीलाई यसबारेमा जानकारी दिएको थियो ।

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

ओखलढुङ्गा– यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए। बा […]

ओखलढुंगामा जिप दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उनको भनाइ छ । घाइते हुनेमा दु