बढी ब्याजदरले समस्या भएको व्यवसायीको गुनासो

काठमाडौं : नेपाल राष्ट्र बैंकका पुनर्कर्जाको उचित सदुपयोग गर्नका लागि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको २२ औँ वार्षिकोत्सवमा गभर्नर नेपालले नेपाल कम विकसित मुलुक भएकाले व्यापार व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जाको व्यवस्था गरिएको अवस्थामा त्यस्तो सदुपयोग गर्न आग्रह गरेका हुन्। उन...

सम्बन्धित सामग्री

राज्यले अपमान गरेकाे यातायात व्यवसायीको गुनासो

दाङ । देशभर ३ लाख १७ हजार भन्दा बढी सार्वजनिक सवारी साधनहरू सडकमा गुडिरहेका छन् । १० अर्ब भन्दा बढी लगानी गरेर निजी क्षेत्रले सञ्चालन गरेको सवारी साधनहरूले अहिले धेरै समस्या भोग्दै आएका हुन् । एकातिर सडक राम्रो नहुनु, बैंकको ब्याज बढेर व्यवसायी पलायन हुने अवस्थामा पुग्नु र अर्कोतर्फ राज्यले कर लिएर व्यवसायीको समस्यालाई ध्यान […]

नि:शुल्क खाना र कोठाका कारण समस्या आएको होटल व्यवसायीको गुनासो

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरेपानीका महिला होटल व्यवसायीले ‘गाइड र पोर्टर’हरूलाई नि:शुल्क खाना र कोठा दिँदा व्यवसायमा समस्या आएको गुनासो गरेका छन् । पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’लाई नि:शुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिएको गुनासो व्यवसायीले गरेका हुन् । ‘हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै नि:शुल्क खान र बस्न दिएकाले त्यही कल्चर रहँदै आयो,’ घोरेपानी होटल व्यवसायी संघकी अध्यक्ष मीना पुनले भनिन्, ‘आज त्यो कल्चरले हामीलाई समस्यामा पार्दै लगेको छ ।’ मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको भन्दै उनले विदेशी पर्यटकले नि:शुल्क कोठा माग्ने गरेको गुनासो गरिन् । ‘म २० वर्ष बेलायत बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ, तर त्यहाँबाट आएका पर्यटकले  नै यहाँ सेवाहरू नि:शुल्क खोज्छन् । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले व्यवसायीको समस्याका विषयमा केन्द्रित कार्यक्रम घोरेपानीमा गरेको थियो । सोही कार्यक्रममा उनले होटल व्यवसायीका समस्याबारे अवगत गराइन् । अर्का होटल व्यवसायी जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा–सुविधामा निकै ध्यान दिएको बताइन् । सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ढुवानी गर्नुपर्दा महँगो पर्ने उनको भनाइ छ । ढुवानी खर्चको तुलनामा आफूहरूले निकै सहुलियतमा खाना खुवाएको उनले बताइन् । आन्तरिक पर्यटक र विद्यार्थीलाई थप सहुलियत दिने गरिएको उनको भनाइ छ । उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका अन्य महिला सहभागीले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ भइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका थिए । ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका कतिपय समस्या साझा रहेको भन्दै महिला सशक्तीकरणका लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताइन् । संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको बताइन् । आगामी दिनमा पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वय गरिनुपर्ने उनको भनाइ थियो । रासस

पानीको मूल्य एकैपटक १५ रुपैयाँ बढेपछि डिलर व्यवसायी आन्दोलित

जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ ।विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यव

सांसदहरूसँग निर्माण व्यवसायीको गुनासो : हाम्रो इज्जत भएन

भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

उद्योग व्यवसायीको गुनासो : विद्युत् भएपनि उपयोगी छैन

विराटनगर। विद्युत् प्रसारण लाइन कमजोर भएका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा ‘ट्रिपिङ’ नोक्सानी बढेको भन्दै उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । ‘सर्किट चेन’ले भार थाम्न नसक्दा बारम्बार दोहोरिने ट्रिपिङले उत्पादनमा समस्या हुने गरेको उद्योगीहरूले गुनासो गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले प्रशस्त विद्युत् भएर पनि उपभोग गर्न नसकेको बताए । उनले ठुला–ठुला […]

चितवनका अटोमोबाइल व्यवसायीको गुनासो :  बुकिङ्ग छ, विक्री छैन

जेठ ३०, चितवन ।  निषेधाज्ञाका कारण चितवनका अटोमोवाइल व्यवसायी थप मारमा परेका छन् । व्यवसायीले  वर्कसप र सर्भिस सेन्टर  खुल्ला भएपनि शोरुमबाट नयांँ गाडी तथा मोटरसाइकल विक्री गर्न पाएका छैनन् भने अधिकांश भारतबाट आउने गाडीको पनि आपूर्ति ठप्प रहेको छ । निशेधाज्ञा बीच पनि निजी कार तथा व्यवसायिक गाडीहरुको माग भए पनि शोरुम खोल्न नपाउँदा उनीहरु मर्कामा परेका हुन् । अधिकांश अटोमोबाइल शोरुममा गाडीको मौज्दात सकिइसकेको छ भने कतिपय शोरुममा थप नयाँ गाडीहरु आउन नसकेको व्यवसायीहरुले बताएका छन् ।  चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष एवं ह्यन्दे गाडीका विक्रेता ईश्वरकुमार श्रेष्ठ गाडीको माग भएपनि आपूर्ति हुन नसकेको बताउँछन् । ‘निषेधाज्ञा अघिपनि ग्राहकको चाप थियो । अहिलेपनि बुकिङ्ग छ तर ग्राहकलाई दिन सकिएको छैन’, श्रेष्ठले भने ।  उनका अनुसार नेपालभन्दा अघिनै भारतमा लकडाउन भएको र त्यहाँ उत्पादन हुन छाडेपछि यसको आपूर्तिको असर नेपालमा  परेको हो । ‘हामीकहाँ सबै वर्गलाई लक्षित हुने गाडीको माग जति पनि छ, उनले भने, तर विक्री भने शून्य छ । हाल उनको वर्कसपमा पनि अत्यावश्यक गाडीहरुको मर्मत सम्भारको काम मात्र भएको उनले बताए ।  गत वर्षदेखि लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय प्रभावित बन्न पुग्दा हाल ठूला उद्योगी व्यवसायी घरानाले पनि मध्यम मूल्यका गाडी चढ्ने थालेका छन् । जसले गर्दा ठूला महंगा तथा विलासी गाडीभन्दा बढी साना गाडीमा आकर्षण बढेको छ । ‘कम रेञ्जका गाडीको माग राम्रै छ । माग भएर के गर्नु शोरुममा गाडीनै छैन’, थ्रिडिज मोटर्सका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले भने ।  प्रायः गाडी शोरुममा त्यति भीडभाड नहुने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिएकोले यो व्यवसायलाई सहज बनाउनु पर्ने उनको तर्क छ  । कोरोना जोखिमका कारण बन्द भएका सार्वजनिक यातायातका कारण साना ढुवानी गर्ने गाडी तथा मालबाहक गाडीको विक्री भने सन्तोषजनक रहेको छ । तर ग्राहकले लगिसकेको गाडी यातायात तथा सेवा कार्यालयबाट उनीहरुको  नाममा नामसारी गर्न नपाउँदा आफूहरु दोहोरो मारमा परेको बताउँछन् सफल मोटर्सका प्रबन्ध निर्देशक एवं सिप्रदी ट्रेडिङ्गका आधिकारिक विक्रेता गोपाल भट्टराई ।  ‘गाडीको माग पनि छ, विक्री पनि ठिकै छ तर यातायात कार्यालयबाट नामसारी नहुँदा बैंकबाट भुक्तानी पाइएन’, भट्टराईले भने ।  यसका लागि स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालयले सहज र विकल्प अपनाउनु पर्ने उनले  बताए । चारपाँग्रे गाडीको विक्री र आपूर्ति ठप्प भएसँगै निशेधाज्ञाले दुईपाँग्रे सवारीसाधनमा समेत गम्भिर असर परेको छ । दुईपाँग्रे सवारीाधनको माग, मौज्दात  भएपनि कोभिडका कारण माग भएपनि बेच्न नसकेको बताउँछन्  नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक एवं यामाहा कम्पनी नारायणगढका आधिकारिक विक्रेता  कपिल  कर्माचार्य । ‘गाडी शोरुमभन्दा मोटरसाइकल शोरुम अलि बढी भीडभाड हुने क्षेत्र हो, उनले भने, फोनमा सोधपुछ आएपनि विक्री भने गरेका छैनौं ।’ हाल शोरुममा मोटरसाइकलको मौज्दात केही महीना पुग्ने भएकोले आपूर्तिमा समस्या भने नभएको उनको भनाइ छ ।  कामदारका लागि  कोभिड भ्याक्सिनको माग    अटोमोबाइल व्यवसायीले वर्कसप खुलेपनि जोखिममुक्त अवस्थामा भने काम नहुने गरेको बताएका छन् । वर्कसप खोलेर मर्मतसम्भार र सर्भिसिङ्गको कामलाई निरन्तरता दिएपछि कोभिडको उच्च जोखिम भने कायम रहेको उनीहरुको भनाइ छ । थ्रीडीजका प्रबन्ध निर्देशक चापागाईंले शोरुममा भन्दा वकसर्पमा बढी जोखिम रहेको भन्दै कम्तिमा अटोमोबाईल क्षेत्रका मजदूरलाई सरकारले भ्याक्सिन उपलब्ध  गराएर सहयोग गर्नुपर्ने बताए ।

भ्याट बुझाउने समय थप्न उद्योगी–व्यवसायीको निवेदन, अर्थ मन्त्रालय छलफल गर्दै

काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ । भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थप...

उद्योगी–व्यवसायीको गुनासो : सरकारले लकडाउनलाई पहिलो विकल्प बनायो

सरकारले घोषणा गरेको निषेधाज्ञाबाट उद्योगी व्यवसायीहरु झस्किएका छन् । सरकारले अरू विकल्प नखोजी अन्तिम हतियार चलाएर अर्थतन्त्र तहस–नहस गर्न खोजेको उद्योगीहरुको आरोप छ । निषेधाज्ञाले देशको अर्थतन्त्र तहस–नहस हुने उनीहरुको प्रतिक्रिया छ ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रातोपाटीसँग भने, ‘गत वर्षको जस्तै गल्ती सरकार अहिले पनि दोहोर्‍याउँदैछ । हामी निजी व्यवसायीहरूसँग सरकारले कहिले पनि सल्लाह लिएन । अहिलेको समस्या समाधान भनेको लकडाउन होइन, स्वास्थ्य सुरक्षाको अधि

व्यवसायीलाई काम गरेर खाने वातावरण बनाउनु प-यो

नेपालमा राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ । अस्थिरताका कारण व्यवसाय तहसनहस भएको छ । व्यवसायीले राजनीतिसँगै कोभिडको मार खेपिरहेका छन् । संसद् पुनर्बहालीसँगै स्थिरता हुन्छ कि भन्ने व्यवसायीमा आशा जागेको छ । उद्योगी–व्यवसायीले काम गरेर खान पाउनुप-यो र काम गरेर खान कुनै पनि राजनीतिले कुनै समस्या नगरोस् भन्ने ब्यवसायीको चाहना […]