प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । काठमाण्डौको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कपः समूह विजेता बन्यो पुलिस, हारे पनि मधेस प्रदेश सेमिफाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ।...

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछन् । प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रकार सम्मेलन आज अख्तियार दुरुपयोग अनुसन्धान […]

प्रधानमन्त्री कप : आज आर्मी र कर्णाली तथा पुलिस र मधेस प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ। आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो ...

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।  लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गर...