नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायत वरिष्ठ नेता माधव नेपाल पक्षधर स्थायी कमिटीका चारजना सदस्य एमाले स्थायी कमिटी बैठक बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा पुगेका छन् ।
गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे एमाले स्थायी कमिटीको बैठकस्थलमा पुगेका हुन् ।
बैठकस्थलमा छिर्दै उपाध्यक्ष रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोक्नको लागि आग्रह गर्न आएको लोकान्तरलाई बताए ।
संसदीय दलको बैठक आजै दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यकक्षमा एमाले स्थायी कमिटीको बैठक बसिरह...